गोरखा । मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन् । चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए ।
न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउसो २ः०० बजेतिर घटना भएको उनले बताए । ‘भिरबाट झरेको ढुङ्गाले उनलाई पुरेको छ । टाउको मात्र देखिएको छ, उनले भने, “उहाँको श्रीमान् र मचाहिँ सकुशल छौँ ।’

त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उनले बताए । ‘उहाँ पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्’, उनले भने । घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उनले बताए ।

advertisement

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com