पोखरा । नेकपा (एमाले) का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै कडा प्रहार गरेका छन्। शनिबार पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै उनले लामिछानेको हालै भाइरल भएको भिडियो र राजनीतिक गतिविधिलाई गम्भीर रूपमा आलोचना गरे।

नेता बस्नेतले भने, ‘रवि लामिछाने १४ हजार कैदीको नेतृत्व गर्दै जेलबाट निस्कँदै गरेको भिडियो तपाईंहरूले देख्नुभएको होला। त्यस भिडियोमा उनले ‘चिठी ल्याउन ढिला भयो, छिटो तोडफोड गर’ भन्ने संकेत गरेको स्पष्ट देखिन्छ।’

advertisement

उनले लामिछानेमाथि अराजकता र षड्यन्त्रपूर्ण प्रवृत्ति फैलाएको आरोप लगाउँदै भने, ‘१४ हजार कैदीलाई बाहिर निकालेर प्रधानमन्त्री बन्ने सपना देख्ने रविजस्ता सहकारी ठगहरू देशको प्रधानमन्त्री होइन, जेलको नाइके बन्ने लाइनमा छन्।’

बस्नेतले थपे, ‘काठमाडौँपछि सबैभन्दा ठूलो क्षति पोखरामै भयो, र त्यो पनि रवि लामिछानेकै कारण। प्रदेशको संसद् र अदालतमाथि आक्रमण भयो, राज्यका संरचनाहरू ध्वस्त पारिए — यी सबै घटनामा उनको प्रत्यक्ष भूमिका देखिन्छ।’

उनका अनुसार यस्तो गतिविधि लोकतान्त्रिक मूल्य र कानुनी शासनविरुद्धको चुनौती हो, जसले मुलुकमा अराजकता र हिंसाको खतरा बढाएको छ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com