काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएकी छन्।

अपराह्न ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

advertisement

बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे, चेतनारायण आचार्य, यामलाल कँडेल र कमलबहादुर शाहको उपस्थिति रहनेछ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन बैठक आह्वान गरेकी हुन्।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com