काठमाडौं । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’लाई आधिकारिक मान्यता प्रदान गरेको छ।
आज निर्वाचन आयोगमा आयोजित कार्यक्रममार्फत साम्पाङले पार्टीको मान्यताको प्रमाणपत्र प्राप्त गरेका हुन्।
साम्पाङले गत असोज १२ गते पार्टी दर्ताको निवेदन पेश गरेका थिए।
निर्वाचन आयोगका अनुसार, पार्टीको मान्यता प्राप्त भएसँगै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउन अब ‘श्रम संस्कृति पार्टी’ योग्य हुनेछ।
प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया