काठमाडौं । चर्चित गायक प्रमोद खरेलले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि अन्तर्राष्ट्रिय आतंकवादीको जस्तो व्यवहार भइरहेको टिप्पणी गरेका छन् ।

गायक खरेलले ट्वीट गर्दै लामिछानेबिरुद्ध केही तत्वहरू हात धोएर लागेकोसमेत भन्न भ्याएका छन् ।

सन्दीप यतिबेला प्रहरीको फरार सूचीमा छन् । नाबालिग बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रण गर्न खोजिरहेका छन् । उनी क्यारेवियन लिग खेल्न वेष्ट इन्डिजमा रहेकै बेला प्रहरीमा उजुरी परेपछि उनी सम्पर्कविहीन बन्न पुगेका हुन् ।

यसै समयमा चर्चित गायक खरेलले सन्दिपसँग सम्बन्धित गतिविधिहरुलाई लिएर उक्त टिप्पणी गरेका हुन् ।

‘मानौं ऊ अन्तर्राष्ट्रिय आतंकवादी हो, केही तत्व (सबै होइन) हात धोएर लाग्या छन् । कानूनी प्रक्रिया पुर्‍याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दोषी भए,’ उनले लेखका छन्, ‘देशको झण्डा छातिमा बोकेको मान्छे हो । हल्ला नगरि आवश्यक कानूनी प्रक्रियामा जाँदा के हुन्छ ?’

प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com