काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।

बैठकअघि प्रधानमन्त्री कार्कीले नेपाल सरकारका मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत छलफल गरेकी थिइन्। छलफलमा मन्त्रालयहरूले हालसम्मको प्रगति, समस्या र आगामी सुधार योजनाबारे प्रस्तुतिकरण गरेका थिए।

advertisement

प्रधानमन्त्री कार्कीले सचिवहरूको प्रस्तुतिकरणलाई प्रशंसनीय भन्दै मन्त्रालयहरूबीचको सहकार्य र अन्तर–निकाय समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने बताइन्।

उनले भनिन्, ‘सरकारी कामको परिणाम जनताले प्रत्यक्ष देख्न सक्ने गरी अघि बढ्न आवश्यक छ, त्यसका लागि मन्त्रालयहरूबीचको तालमेल र सहकार्य अझ मजबुत बनाउनुपर्छ।’

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com