काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजेका लागि बोलाइएको भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन।
बैठक महामन्त्री गगन थापा बैठकस्थल सानेपामा उपस्थित नभएको कारण सुरु हुन नसकेको एक नेताले जानकारी दिएका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू भने बैठकस्थलमा समयमै पुगेका छन्।
कांग्रेसभित्र आगामी महाधिवेशनको मिति निर्धारणमा विवाद देखा परेको छ। महामन्त्री थापाले मंसिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन सञ्चालन गर्ने कार्यतालिका तयार पारेका भए पनि त्यसलाई केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्न पाएका छैनन्।
संस्थापन पक्ष भने आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि मात्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने पक्षमा उभिएको छ।
बैठक अब महामन्त्री थापाको उपस्थितिमा मात्र औपचारिक रूपमा सुरु हुने देखिएको छ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया