काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहित नौ वाम दलबीच हुने एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने भएको छ।
प्रज्ञाभवन, कमलादीमा मंगलबार बसेको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी संयुक्त पार्टीको नामबारे औपचारिक जानकारी गराएका हुन्।
नयाँ पार्टीको चुनाव चिन्ह पाँचकुने तारा रहने विषयमा भने दलहरूबीच पहिले नै सहमति भइसकेको छ। आइतबार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत आठ दलबीच भएको १८ बुँदे समझदारीपत्रमा पार्टीको नाम उल्लेख गरिएको थिएन।
अब, बुधबार भृकुटीमण्डपमा आयोजना हुने विशेष कार्यक्रममार्फत औपचारिक रूपमा एकता घोषणा गरिने तयारी गरिएको छ।
य
स एकतालाई वाम राजनीति एकतर्फ केन्द्रित बनाउने ऐतिहासिक प्रयासको रूपमा हेरिएको छ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया