काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले) मा नि:शर्त रूपमा फर्किने घोषणा गरेका छन् । उनले यो कदम पार्टी एकता होइन, बरु लामो समयदेखि पसिना बगाएको “मूल घर फर्किने” प्रक्रिया भएको स्पष्ट पारे ।

आज काठमाडौँको होटल बसेरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भने, ‘हामीलाई केही पद वा सुविधा चाहिएको होइन, मूल घरमा हाँसेर स्वागत गरे, सम्मानजनक व्यवहार गरे पुग्छ ।’

advertisement

श्रेष्ठका अनुसार उनीहरू कुनै सम्झौता वा सर्तका आधारमा होइन, पूर्ण सहमतिका साथ एमाले फर्किन लागेका हुन् । ‘हामी कुनै एकता वा समायोजन होइन, आफ्नो घर फर्किने तयारीमा छौं’ उनले भने, ‘जस पार्टीमा हामीले जीवन अर्पण गरेका थियौं, त्यही घरमा फर्किन लागेका हौं ।’

श्रेष्ठसँगै नेता रामकुमारी झाँक्रीसहितका नेताहरू पनि एमालेमा फर्किने तयारीमा रहेका छन् । उनीहरूले यही उद्देश्यका साथ पत्रकार सम्मेलनको आयोजना गरेको जनाएका छन् ।

श्रेष्ठले सबै नेताहरूप्रति आग्रह गर्दै भने, ‘हामी एक आपसमा वैचारिक मतभेद होइन, सहकार्यका माध्यमबाट मूल धारा समाजवाद र जनताको हितका लागि फेरि एउटै परिवारमा फर्किन चाहन्छौं ।’

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com