काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले वामपन्थी विचारधारालाई एउटा व्यापक राजनीतिक धारका रूपमा व्याख्या गर्दै, यसले सामाजिक न्याय, समावेशिता र समानताको पक्षमा स्पष्ट रूपमा उभिने विचार हो भनेर बताएका छन् ।

आफ्नो फेसबुक पोस्टमार्फत उनले वामपन्थी विचारको मूल सार समाजमा रहेका असमानता र विभेदलाई घटाउने प्रयत्नसँग सम्बन्धित रहेको बताए । उनका अनुसार वामपन्थी सोचले गरिब, सीमान्तकृत र उत्पीडित वर्गको पक्षमा नीति निर्माण र संरचनात्मक सुधारमा जोड दिन्छ ।

advertisement

परियारका भनाइमा, ‘वामपन्थी धारभित्र केवल कम्युनिस्टहरू मात्र पर्दैनन् । यसमा समाजवादी, सामाजिक लोकतन्त्रवादी, प्रगतिशील सोच भएका व्यक्ति, मजदुर र श्रमिक अधिकारका अभियन्ता, साथै वातावरणीय न्यायका पक्षधरहरू पनि समावेश हुन्छन् ।’

उनले निष्कर्षमा लेखेका छन्, ‘वामपन्थी हुनु भनेको प्रगतिशील हुनु हो — समतामूलक समाजको पक्षमा उभिनु हो, न्यायसङ्गत राज्य निर्माणका लागि संघर्ष गर्नु हो, र ऐतिहासिक रूपमा उत्पीडित वर्गलाई न्याय दिलाउँदै मानवकेन्द्रित राज्य निर्माण गर्नु हो ।’

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com