काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
शुक्रबार हात्तीवनस्थित दाहालको निवासमा भएको भेटमा देशको पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र कम्युनिस्ट एकताको सम्भावनासहितका विषयमा विस्तृत छलफल भएको खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिएका छन् ।
दुई नेताबीचको भेटलाई पछिल्लो वाम राजनीतिक सक्रियतासँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया