काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

शुक्रबार हात्तीवनस्थित दाहालको निवासमा भएको भेटमा देशको पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र कम्युनिस्ट एकताको सम्भावनासहितका विषयमा विस्तृत छलफल भएको खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिएका छन् ।

advertisement

दुई नेताबीचको भेटलाई पछिल्लो वाम राजनीतिक सक्रियतासँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com