काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको जिम्मेवारी अदालत वा राष्ट्रपतिले लिनुपर्ने बताएका छन्।
शुक्रबार पार्टीको शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई अब तीव्र बनाउनुपर्ने धारणा व्यक्त गरे।
उनले भने, ‘प्रतिनिधिसभाको मागलाई तीव्र बनाउनुपर्छ। जसले पुनर्स्थापना गर्छ, उसैले गर्छ — या त अदालतले गर्छ, होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्छ।’
ओलीले राष्ट्रपतिले संसद् विघटन गर्न सक्ने तर पुनर्स्थापना गर्न नसक्ने तर्क अस्वीकार्य भएको बताए। उनका शब्दमा, ‘असंवैधानिक ढंगले विघटन गर्न सक्ने राष्ट्रपतिले पुनर्स्थापना गर्न नसक्ने कुरा कहाँको तर्क हो? विघटन गर्नेले पुनर्गठन पनि गर्नुपर्छ।’
उनले हालको राजनीतिक अवस्थालाई अस्थिरता र असंवैधानिक अभ्यासको परिणाम बताउँदै संवैधानिक संस्थाहरूले आफ्नो भूमिका स्पष्ट र दृढताका साथ निर्वाह गर्नुपर्ने आवश्यकता जोड दिए।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया