काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत संवेदना प्रकट गर्दै डा. कोइरालाले स्वर्गीय आलमले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सुदृढीकरणमा पुर्याएको योगदान सधैं सम्झन योग्य रहने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘नेपाली कांग्रेसका समर्पित नेता, पूर्वमन्त्री मोहम्मद अफताब आलमको असामयिक निधनले म अत्यन्त मर्माहित भएको छु । उहाँले लोकतन्त्र र पार्टी संगठनका लागि गरेको योगदान अविस्मरणीय रहनेछ ।’
डा. कोइरालाले दिवंगत आलमप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
पूर्वमन्त्री आलमको आज बिहान काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया