काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ।

यूएईले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले चार विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो। नेपालका लागि आदिल आलामले ३२ रन बनाए। सन्दीप जोराले नटआउट ३१ रन जोडे। नेपालले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा ८६ रन बनाएको हो।

advertisement

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा १२९ रन बनाएको थियो। चुनौतीपूर्ण लक्ष्य बनाएके यूएईका लागि निलांश केसवानीले १० बलमा अर्धशतक हिर्काए। उनले १५ बल खेल्दा १० छक्का र तीन चौकाको मद्दतमा ७३ रन बनाएका थिए।

नेपालका लागि राशिद खानले दुई विकेट हात पार्दा, लोकेश बम र रुपेश सिंहले एकएक विकेट लिए।

हङकङ सिक्सेमा पाँच खेल खेलेको नेपालले एउटा मात्र जित निकालेको छ। शनिबार भारतलाई हराएको नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र यूएईसँग पराजित भएको हो।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com