काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उमेदवारले निर्वाचनमा जित हासिल गरे पनि काम गर्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उमेदवारले जितेर संसद्मा केही काम गर्न नसक्ने बताएका हुन् ।

advertisement

उनले स्वतन्त्र उमेदवारले संसद्मा बोलेर अलिकति चेतना जगाउन सके पनि आम रूपमा कुनै परिवर्तन ल्याउन नसक्ने जिकिर गरे।

आफू राष्ट्रियसभाको अध्यक्ष भएर पनि नियम, कानुनको सीमाका कारण आम रूपमा परिवर्तन ल्याउन नसकेको भन्दै स्वतन्त्र सांसदले झनै नसक्ने उनले बताए ।

पार्टीको विकल्प स्वतन्त्र उमेदवार नभएको भन्दै उनले सबैलाई पार्टीमा आबद्ध हुन आग्रह गरे । पार्टीलाई नै सही मार्गमा हिँडाउन भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

देशमा विद्रोहको आवश्यकता नरहेको भन्दै उनले विद्रोह गर्नेलाई होइन, सिर्जना गर्नेलाई भोट दिनुपर्ने बताए ।

 

प्रकाशित मिति: १ आश्विन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com