काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तामाथि मन्त्री बन्न दुई करोड रुपैयाँ बुझाएको आरोप लगाएका छन् ।

आइतबार सुकुम्बासी बस्तीमा पुगेका प्रसाईंले काठमाडौं महानगरपालिकाले बस्ती भत्काउने तयारी गरेको भन्दै त्यसको विरोध गर्दै यस्तो आरोप सार्वजनिक गरेका हुन् । उनका अनुसार मन्त्री गुप्ताले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)का निकट सहयोगी भिक्टर पौडेललाई रकम बुझाएर मन्त्री पद हासिल गरेका हुन् ।

advertisement

भिक्टर पौडेल ‘रुटिन अफ नेपाल बन्द’ नामक सामाजिक सञ्जाल प्लेटफर्मका सञ्चालक हुन् र मेयर बालेनका निकट मानिन्छन् । उनी बालेनलाई मेयर निर्वाचित गराउन सक्रिय रूपमा संलग्न रहेकासमेत उल्लेखनीय व्यक्ति हुन् ।

सुकुम्बासी बस्तीमा भेलालाई सम्बोधन गर्दै प्रसाईंले बस्ती भत्काउन नदिने चेतावनी दिए । उनले मेयर बालेनमाथि गरीब र सर्वहारा वर्गमाथि अन्याय गरेको आरोप लगाउँदै आफू सुकुम्बासी समुदायको पक्षमा उभिने घोषणा पनि गरे ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com