काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्। मंगलबार (कात्तिक २५ गते) राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै उनलाई पदमुक्त गरिएको जानकारी दिएको हो।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साल कात्तिक २४ गतेको निर्णय तथा सिफारिसका आधारमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेश प्रदेशका प्रदेश प्रमुख श्रीमती सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२ साल कात्तिक २५ गतेदेखि पदमुक्त गर्नुभएको छ।’

advertisement

सरकारले सोमबारकै मन्त्रिपरिषद् बैठकमार्फत भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो।

भण्डारी हालै मधेश प्रदेशमा नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादवलाई असामान्य परिस्थितिमा—काठमाडौं जाने बाटोमै—मुख्यमन्त्री पदको शपथ गराएको घटनापछि विवादमा तानिएकी थिइन्। उक्त कदमलाई संवैधानिक मर्यादाविपरीत भन्दै विभिन्न राजनीतिक दल र कानुन व्यवसायीहरूले आलोचना गरेका थिए।

सुमित्रा सुवेदी भण्डारी एमालेको सिफारिसमा मधेश प्रदेश प्रमुख नियुक्त भएकी थिइन्।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com