बुटवल । सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुर बुटवल इजलासको संयुक्त बेञ्चमा परेको छ ।

आजका लागि तोकिएको उक्त मुद्दा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा पेश भएको हो । अदालतका अनुसार यो मुद्दा एक नम्बर इजलासको पहिलो क्रमसंख्यामा सूचीकृत गरिएको छ ।

advertisement

यसअघि कात्तिक २० गते उच्च अदालतले सो मुद्दासम्बन्धी सबै प्रमाण तथा मिसिल झिकाउने आदेश दिएको थियो । गत हप्तासमेत न्यायाधीश आचार्य र अर्यालको बेञ्चमा यस मुद्दाको प्रारम्भिक सुनुवाइ भएको थियो ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com