काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले कुनै राजनीतिक दल नखोल्ने र आगामी चुनावमा प्रतिस्पर्धा पनि नगर्ने स्पष्ट घोषणा गरेका छन् ।

बिहीबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सहभागी हुँदै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

advertisement

बैठकका क्रममा राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले गृहमन्त्रीलाई सोधेका थिए — ‘के तपाईं नयाँ दल खोल्ने तयारीमा हुनुहुन्छ कि चुनावमा उम्मेदवारी दिन लाग्नुभएको हो ?’

उनको प्रश्नको जवाफमा गृहमन्त्री अर्यालले स्पष्ट रूपमा भने, ‘म दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ ।’

गृहमन्त्री अर्यालको भनाइअनुसार, आफू अहिले जिम्मेवारीमा रहेर मुलुकको सुरक्षा, स्थायित्व र सुशासनका विषयमा ध्यान केन्द्रित गर्न प्रतिबद्ध छन् ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com