काठमाडौं । काठमाडाैंको गोठाटारमा सोमबार गोली चलेको छ। गोली लागेर एक जना घाइते भएका छन्।

 

उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरेका छन्। गोठाटारको कृष्ण मन्दिर नजिकै गोली प्रहारबाट एकजना घाइते भएको धानुकले ग्लोबल नागरिकलाई बताए।

तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए। घाइतेलाई ३ वटा गोली लागेको र घाइतेको शंकरापुर अस्पतालमा उपचार भइरहेको प्रहरी उपत्यका अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईले जानकारी दिए।

घटनास्थलमा  उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान शुरु गरेको छ।

प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com