काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ५०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ३ हजार ३४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया