एजेन्सी ।  पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा विगतको युद्धको समयमा जमिन मुनि राखिएको विस्पोटक उपकरण विस्फोट हुँदा तीन जना बालबालिकाको ज्यान गएको प्रान्तीय प्रहरी प्रवक्ता सेदिकुल्लाह सेडिकीले शुक्रबार बताएका छन् ।

उक्त बस्तुलाई केटाकेटीहरूले खेलौना जस्तो ठानेर त्यससँग खेल्न थाल्दा दुभाग्यपूर्ण रुपमा उक्त उपकरण अचानक विस्फोट हुँदा घटनास्थलमै बालबालीकाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

advertisement

बदघिस प्रान्तमा गत हप्ता भएको यस्तै विस्पोटको घटना हुदाँ दुई जना बालबालिकाको ज्यान गएको थियो ।

युद्धग्रस्त अफगानिस्तानमा द्धन्द्ध प्रभावित देश हो जहाँ विगत चार दशक भन्दा लामो युद्धबाट बाँकी रहेका बिभिन्न उपकरणहरू विस्पोट भएका कारण निर्दोश नागरिकका साथै बच्चाहरूले ज्यान गुमाउने गरेको जनाइएको छ ।

 

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com