काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका बागमती प्रदेश सभापति डा.अच्युत्तम लामिछानेलाई स्पष्टीकरण सोधेको छ । डा.लामिछानेले रास्वपा परित्याग गर्ने नेताहरुप्रति गरेको टिप्पणीमा असन्तुष्टि जनाउँदै स्पष्टीकरण सोधेको हो ।

बागमती प्रदेश सभापति लामिछानेले पार्टीका पूर्व प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेको विषयमा प्रतिक्रिया दिएका थिए । नेता लामिछानेले पार्टी छाडेर जान मन लाग्नेहरु जाँदा हुने’ प्रतिक्रिया दिएको थिए ।

advertisement

रास्वपाको अनुशासन समितिले सभापति लामिछानेको भनाइ अमर्यादित रहेको ठहर गर्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो । पछिल्लो समय रास्वपाभित्र असन्तुष्टि चुलिएको छ ।

रास्वपा छाड्ने नेताहरुको पनि लर्को लागेको छ । पूर्व शिक्षामन्त्रीसमेत बनेको सुमन श्रेष्ठ, पूर्व प्रमुख सचेतक परियारलगायत प्रभावशाली नेताहरुले रास्वपा परित्याग गरिसकेका छन् ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com