काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले दुर्गा प्रसाईंको गिरफ्तारीप्रति कडा असन्तुष्टि प्रकट गरेका छन्।
भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको भन्दै ढकालले उल्टै भड्काउने गतिविधि गरेर सिंहदरबारमा आगजनी गर्नेहरू सरकारमै रहेको आरोप लगाए। उनका अनुसार ‘देश टुक्र्याउने’ अभिव्यक्ति दिनेहरू उच्च स्तरको सुरक्षामा छन् तर ‘धर्म र देश जोगाउने’ भन्दै आएका प्रसाईं भने कारागारमा परेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ढकालले प्रश्न उठाएका छन्—देश कुन दिशातर्फ धकेलिँदै छ? उनले लेखेका छन्, ‘भड्काउने अभिव्यक्तिका नाममा दुर्गा प्रसाईं जेलमा, तर भड्काउने काम गरेर सिंहदरबार जलाउनेहरू सरकारमा। देश टुक्र्याउँछु भन्ने अभिव्यक्ति दिनेहरू सरकारको सुरक्षामा, धर्म र देश जोगाउँछु भन्ने प्रसाईं कारागारमा। देश कता जाँदै छ?’
प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार











प्रतिक्रिया