काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले अभियन्ता दुर्गा प्रसाईंको गिरफ्तारीप्रति कडा आपत्ति जनाएका छन्।

प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारका पक्षमा आफूलाई महाअभियान संयोजक बताउँदै आएका प्रसाईंले हिंसाका लागि उक्साउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

advertisement

विज्ञप्तिमार्फत प्रतिक्रिया दिंदै सुवेदीले भनेका छन्, ‘जनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले कानुनी शासनलाई सम्मान गर्छ, सुशासन स्थापना गर्छ र अघिल्लो सरकारका गल्ती दोहोरिँदैन भन्ने सर्वसाधारणको अपेक्षा थियो। तर जनअपेक्षाको बिपरीत सरकार स्वयं मध्यराति १२:३० बजे अभियन्ता दुर्गा प्रसाईंलाई निवासबाट पक्राउ गर्नु दुःखद मात्र होइन, निन्दनीय पनि हो।’

अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण सभा–प्रदर्शन गर्ने प्रजातान्त्रिक अधिकारको सम्मान गर्नुपर्ने बताउँदै सुवेदीले प्रसाईंलाई तुरुन्त रिहा गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com