काठमाडौँ । चौधरी ग्रुप (सीजी)ले गत वर्ष राज्यलाई २५.५९ अर्ब रुपैयाँ कर तिरेको छ । देशको ठूलो करदाता रहेको चौधरी ग्रुपले गत बर्ष देशको कूल राजस्वको करिब २.३ प्रतिशत राजस्वमा योगदान दिएको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरेका छन् । भेटपछि बुधबार सामाजिक सञ्जालमार्फत उनले ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि अर्थमन्त्री खनालले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गरेको बताएका छन् ।

advertisement

उनले भनेका छन्, ‘गत वर्ष सीजीले रु २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको करिब २.३५ प्रतिशत योगदान दियो।’

चुनौतीका बिच देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको चौधरीले बताए ।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com