काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा ‘निषेधको राजनीति’ गर्न नहुने आग्रह गरेका छन्। बारामा नेकपा एमालेका नेताहरूलाई रोक लगाइएको घटनालाई केन्द्रमा राख्दै उनले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।

शर्माका अनुसार सिमरा घटना जेनजी पुस्ताको वास्तविक भावना नभई त्यसको दुर्भावनापूर्ण दुरुपयोग हो। ‘सामाजिक सञ्जालमा निषेधको विरुद्धमा टिकेका जेनजीहरू कसैको समाज भ्रमण अधिकार रोकिनु  पक्षमा हुनै सक्दैनन्,’ उनले एक्समा लेखेका छन्, ‘त्यसैले सिमरामा भएको घटना जेनजीको भावना होइन, त्यसको दुरुपयोग हो। निषेधको राजनीति कसैले पनि नगर्ला।’

महामन्त्री शर्माले राजनीतिक दलका नेताहरूलाई स्वाभाविक रूपमा समाजसँग जोडिने वातावरण नबनाइ चुनाव सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षणसमेत गराएका छन्।

सिमरामा देखिएको तनाव र विरोध प्रकरणलाई उनले दुःखद् भन्दै टिप्पणी गरेका छन्।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com