काठमाडाैं । जेनजीको नाममा बाराको सिमरा विमानस्थल घेराउ गरिएको छ। एमाले स्थायी कमिटी सदस्य एवं युवा संघका इन्चार्ज महेश बस्नेत बाराको एक कार्यक्रममा जाने भएपछि विमानस्थल घेराउ गरिएको हो।

विमानस्थलमा एमाले नेताहरू अच्यूत मैनाली, किसान श्रेष्ठ र ज्वालाकुमारी साह रहेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा दिइरहेको छ।

advertisement

नागरिकसँगको कुराकानीमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अवस्थालाई नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी गराए।

यसबारे थप जानकारी लिइरहेको उल्लेख गर्दै उनले आवश्यक परेमा कर्फ्यु समेत लगाउन सक्ने संकेत दिएका छन्। विमानस्थालमा भएको हुलदंगाका कारण सिमराका लागि हुने आन्तिरक उडान प्रभावित भएका छन्।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com