काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभा–समारोह नै गर्न नदिने सरकारले आसन्न चुनाव गराउने दाबी विश्वसनीय नहुने टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा नेकपा एमाले स्थानीय विकास विभागले आयोजना गरेको भेलामा बोल्दै उनले बाराको सिमरामा जेनजी समूहद्वारा गरिएको अवरोधलाई उदाहरण दिँदै सरकारप्रति प्रश्न उठाए।
ओलीले भने, ‘बारामा हाम्रो युवा भेला थियो। सिमरा विमानस्थलमै अवरोध सृजना गरेर नेताहरूलाई जानै नदिने काम गरियो। ५०–६० जना मानिस पठाएर ढुंगामुढा गराउने, विमानस्थल बन्द गराइदिने—यस्तो कस्तो अवस्था हो? अनि भन्छन्, चुनाव गर्छौं रे। सभा गर्न नदिने सरकारले चुनाव कसरी गर्छ?’
उनका अनुसार, सरकारले राजनीतिक कार्यक्रम अवरुद्ध गर्न खुला छुट दिएको देखिनु आफू र पार्टीका लागि मात्र होइन, लोकतान्त्रिक अभ्यासका लागि नै चिन्ताजनक हो।
प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार












प्रतिक्रिया