बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा सूचीबद्ध (पेसी) भएको छ।

गत हप्ता उच्च अदालत तुलसीपुर–बुटवलका न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुद्दाको मूल–मिसिल झिकाउन आदेश दिएपछि मिसिल अदालतमा पुगेको हो। मिसिल आएसँगै आजको इजलासमा पेसी चढाइएको उच्च अदालतका सूचना अधिकारी राम बहादुर कुवरले बताए।

advertisement

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो जिम्मेवारीमा परेको बिगो रकम दाखिला गरे पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाले साउन २६ गते धरौटीमा रिहा गर्ने माग अस्वीकार गरेका थिए। त्यसै आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए।

उच्च अदालतले यसअघि नै लामिछाने र जोशीको मुद्दा एकैसाथ सुनुवाइ गर्न आदेश दिइसकेको थियो। आज पेसी तोकिएसँगै दुवै पक्षका कानुन व्यवसायीहरू बहसमा सहभागी हुने टोलीबारे अन्तिम तयारी र छलफल गरिरहेको स्रोतहरूले बताएका छन्।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com