काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक सुरक्षा बचाउने महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले उपस्थित हुन आदेश दिएको छ।

बिहीबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंसहित विपक्षीलाई कारण देखाउन र २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित हुन निर्देशन दिएको हो। सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले यसबारे जानकारी दिए।

advertisement

प्रसाईंका छोरा निराजनले बुधबार आफ्नो बाबुको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट दायर गरेका थिए। रिटमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसर काठमाडौं लगायतलाई विपक्षी बनाइएको छ।

प्रसाईंले सार्वजनिक अभिव्यक्तिका क्रममा हिंसा भड्किन सक्ने गतिविधि गर्ने संकेत दिएको आधारमा प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित उनका निवासबाट उनलाई पक्राउ गरेको थियो। त्यही क्रममा उनका बडीगार्ड दीपक खड्कालाई पनि नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com