काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी प्रतिनिधि सभा निर्वाचनमा सुरक्षा सुनिश्चित गर्न सेना परिचालनको निर्णय गर्दै त्यसबारे मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित परिषद् कार्यालयमा बुधबार बसेको ४१ औँ बैठकपछि परिषद्का सदस्य सचिव तथा रक्षा सचिव सुमनराज अर्यालले समाचारदातालाई जानकारी दिँदै भने, ‘स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सेना परिचालन आवश्यक देखिएकोले सरकार समक्ष सिफारिस गरिने निर्णय भएको हो।’
बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिव लगायत परिषद्का सदस्यहरू उपस्थित थिए।
प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया