बारा ।  बाराको सिमरामा जेन्जीले प्रदर्शन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले ‘कर्फ्यु ’आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अप्रिय घटना नघटोस् भनेर कफ्र्यु आदेश जारी गरिएको जानकारी दिए । नेकपा (एमाले) समर्थित नेता तथा कार्यकर्ता र जेनजीबीच झडप भएपछि बुधबार पनि अप्रिय घटना नघटोस् भन्दै दिउँसो १२ः३० देखि राति ८ः०० बजेसम्म ‘कर्फ्यु ’आदेश जारी गरिएको थियो ।

advertisement

आज पनि बिहानैदेखि सिमरा चोकमा जेनजीले पुनःप्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो १ः०० बजेदेखि राति ८ः०० बजेसम्म ‘कर्फ्यु ’लगाएको हो । प्रजिअ मिश्रले जेनजीलाई बार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन् ।

 

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com