काठमाडौं । नेकपा एमालेले पार्टीको नीति, कार्यक्रम र नेतृत्वको सुरक्षा सुनिश्चित गर्न ‘नेसनल भोलिन्टियर फोर्स (एनभीएफ)’ गठन गर्ने तयारी गरेको छ। माइतीघर मण्डलामा भेला भएपछि सहभागीहरू बानेश्वर हुँदै बबरमहलस्थित कार्की बैंक्वेटसम्म मार्चपास गर्ने र सोही स्थानमा औपचारिक घोषणा सभा हुने एमालेले जनाएको छ।

जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढ्दै गएको असुरक्षा, अशान्ति र भदौ २३–२४ का घटनापछिको निराशाजनक वातावरणलाई सम्बोधन गर्दै जनताको मनोबल पुनः उठाउन एनभीएफको आवश्यकता देखिएको हो।

advertisement

पार्टीका अनुसार यो फोर्सले राज्यका सुरक्षा निकायलाई सहकार्य गर्ने, जनतालाई भय र असुरक्षाबाट मुक्त गराउने तथा प्राकृतिक प्रकोपका बेला उद्धार तथा राहत कार्यमा सक्रिय भूमिका निभाउने लक्ष्य राखेको छ।

बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा एनभीएफको घोषणा गर्नेछन्। हाल सुरक्षा संवेदनशीलता बढिरहेको र राज्यले अध्यक्ष ओलीसहित शीर्ष नेताहरूका सुरक्षाकर्मी फिर्ता बोलाएको परिस्थितिमा यस्तो संरचनाको आवश्यकता झनै बढेको एमालेको दाबी छ।

एमालेले प्रदेश र जिल्लास्तरमा पनि समान संरचना विस्तार गर्ने तयारी गरेको छ। एनभीएफमा एक कमाण्डर र दुई उप–कमाण्डर रहने व्यवस्था मिलाइएको पार्टीले जनाएको छ।

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com