काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार सुन तोलामा २ लाख ४३ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ३ हजार १८५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार घटेर ३ हजार १०० रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया