काठमाडौं । आत्महत्या प्रोत्साहनको आरोपमा पक्राउ परेका चर्चित गायक तथा संगीतकार बाबुल गिरी धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटी तोकी रिहा गर्न आदेश दिएपछि उनी बुधबार हिरासतबाट मुक्त भएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बाबुल गिरीको रिहाइको पुष्टि गरेका छन्। गिरीमाथि प्रहरीले गायिका नितु पौडेल मृत भेटिएका घटनासम्बन्धी अनुसन्धान अघि बढाएको थियो। नितुले बाबुलको अनामनगरस्थित स्टुडियोमा आत्मदाहको प्रयास गरेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ।
पौडेलको परिवारले प्रहरीसँग जानकारी दिँदै दुई जनाबीच प्रेम सम्बन्ध रहेको र बाबुलले विवाह प्रस्ताव अस्वीकार गरेपछि नितुले आत्महत्या गर्न बाध्य भएकी हुन सक्ने बताएको बताएका छन्।
प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया