काठमाडौं । नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले आसन्न ११औँ महाधिवेशनमा पार्टी अध्यक्षका रूपमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ।
शनिबार सम्पन्न महासंघको विस्तारित बैठकले राष्ट्र, राष्ट्रियता र स्वाधीनताको प्रश्नमा मजबुत नेतृत्व आवश्यक रहेको र त्यसका लागि ओलीकै निरन्तरता उपयुक्त ठहरिएको अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिए।
उनका अनुसार बैठकले सर्वसम्मतरूपमा ओलीलाई नै फेरि अध्यक्ष बनाउने पक्षमा निर्णय गरेको हो। यसअघि प्रेस चौतारी नेपाल, राष्ट्रिय युवा संघ नेपाल र दोलखा जिल्ला कमिटीले पनि संस्थागत रूपमा ओलीको निरन्तरताको समर्थन गरिसकेका छन्।
पार्टीभित्र यस्ता औपचारिक समर्थन प्रस्तावहरू राख्ने प्रचलन पहिले नदेखिएको भए पनि पछिल्लो समय विभिन्न संगठनले खुलेरै ओली नेतृत्वको निरन्तरताको पक्षमा उभिन थालेका छन्।
प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार













प्रतिक्रिया