काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९, नयाँ बसपार्क नजिकै सडकमा शनिबार बिहान एक शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, शव लुगा कपडामा पोको पारिएको अवस्थामा भेटिएको हो। अहिले शव पोस्टमार्टमका लागि पठाइएको छ।
प्रहरीले शवको पहिचान हुन नसकेको बताउँदै थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।
प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार












प्रतिक्रिया