काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले देशलाई राजनीतिक निकास दिन चुनाव नै सबभन्दा उपयुक्त मार्ग भएको ठहर गर्दै निर्वाचनमा जाने निर्णय गरेको हो।

बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘निर्वाचनको मिति घोषणा भइसकेको छ। यस्तो अवस्थामा मुलुकलाई स्थिरतामा डोर्याउन चुनाव अपरिहार्य भएकाले कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको हो।’

उनका अनुसार प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनका प्रयोजनका लागि कांग्रेसले चाँडै निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया अघि बढाउनेछ।

यस्तै, पार्टी महाधिवेशनका विषयमा छलफल तीव्र रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै प्रवक्ता महतले सो सम्बन्धी निर्णय पनि छिट्टै सार्वजनिक हुने जानकारी दिए।

प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com