काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि लक्षित दुरुद्देश्यपूर्ण खेलहरू चलिरहेको आरोप लगाएका छन्।

शनिबार पेरिसडाँडामा आयोजित ‘जेन–जीसँग नेकपा’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘राष्ट्र कमजोर पार्ने प्रयास भइरहेको बेला राष्ट्र पहिला भन्ने भावना सबै नेपालीको साझा चेतना बन्नुपर्छ। देश बनाउनका लागि सबै पुस्ताले एकताबद्ध भएर अघि बढ्नु अत्यावश्यक छ।’

advertisement

उनले जेन–जीका विचार, एजेन्डा र ऊर्जा एमालेसँग प्रतिद्वन्द्वितामा होइन, देश निर्माणका साझा एजेन्डामा उपयोग गर्नुपर्नेमा जोड दिए। प्रचण्डको भनाइमा, ‘जेन–जीको शक्ति, युवाको आवाज र हाम्रो राजनीतिक अनुभव मिलेर नै नेपाली जनताको जित सुनिश्चित हुन्छ।’

प्रचण्डले युवापुस्तालाई वैचारिक, राजनीतिक र भावनात्मक रूपमा नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा तयार पारिने बताए। आगामी चुनावमा युवा पुस्ताले प्राथमिकता पाउने र बढी अवसर प्राप्त गर्ने पनि उनले स्पष्ट गरे।

जेन–जी आन्दोलनले उठाएको सुशासन, पारदर्शिता र उत्तरदायित्वका एजेन्डाले देशलाई ‘नयाँ चेतना’ तर्फ धकेलेको उल्लेख गर्दै प्रचण्डले भने, ‘युवाहरूको पहलकदमीले मुलुक आफ्ना कमजोरीसँग सामना गर्न बाध्य भएको छ।’

कार्यक्रममा प्रचण्डले केही युवाहरूलाई औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गरी पार्टी प्रवेश गराएका थिए।

प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com