काठमाडौं । विराटनगर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ भने काठमाडौं गोर्खाज दोस्रो खेलमा पनि पराजित भएको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार विराटनगरले काठमाडौंलाई पाँच विकेटले पराजित गरेको हो। काठमाडौँले दिएको १३५ रनको लक्ष्य विराटनगरले पाँच विकेटको क्षतिमा १७.१ ओभरमा सहजै पूरा गरेको छ।

advertisement

विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो। काठमाडौं भने यसअघि दोस्रो सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। पहिलो खेलमा जित हासिल गरेको काठमाडौंको दुई अंक छ।

विराटनगरका लागि जर्ज मुन्सीले ३६ रन बनाए। उनले १६ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, मार्टिन गप्टिलले २५, नरेन भट्टले २४, बसिर अह्मदले १९ र लोकेश बमले १४ रन बनाए। काठमाडौंका लागि शहाब आलमले दुई, करण केसी, सन्तोष यादव र गेहार्ड इरसमसले एक–एक विकेट लिए।

अब अर्को खेल सोमबार हुनेछ। सोमबार बिहान ११ः४५ बजे विराटनगर किंग्स र जनकपुर बोल्टस् तथा अपराह्न ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com