काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति बचाउ महाअभियानले भोलिका लागि तय गरेको आन्दोलन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। शनिबार साँझ बालुवाटारमा सरकारसँग भएको वार्तापछि आन्दोलन फिर्ता लिने सहमति बनेको हो।

वार्ताका लागि महाअभियानका प्रतिनिधि टोली बालुवाटार पुगेको थियो। सरकारी पक्षबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सहभागी थिए।

advertisement

प्रधानमन्त्री कार्यालयका अनुसार वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागबारे विस्तृत छलफल भयो। शान्ति–सुरक्षाको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै उठाइएका मुद्दाहरूको सम्बोधनका लागि सरकार निरन्तर संवाद, वार्ता र सहजीकरणमा रहने सहमति भएको सचिवालयले जनाएको छ।

यसअघि महाअभियानले मंसिर ७ गतेदेखि नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताललगायतका कार्यक्रम घोषणा गरेको थियो। तर, वार्ताले सहमति बनेपछि ती कार्यक्रम फिर्ता लिइएका छन्।
महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाईंसमेत सहभागी थिए।

उता, महाअभियानका प्रमुख नेता दुर्गा प्रसाईं भने हाल जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा रहेका छन्।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com