काठमाडौं । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितका पक्षहरूबीच एकता गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा घोषणा गरिएको छ।
राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एकता कार्यक्रममा नयाँ पार्टीको घोषणा गरियो। सो अवसरमा पार्टीको आधिकारिक झण्डा फहराइएको थियो। पार्टी घोषणा नेताहरूमा बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार प्रमुख थिए।
कार्यक्रमका सहभागी नेताहरूले पार्टीको लक्ष्य, नीतिगत दिशा र आगामी कार्यक्रमबारे जानकारी दिएका थिए। नयाँ पार्टीको स्थापना राजनीतिक एकता र प्रगतिशील मार्गचित्रको प्रतीकको रूपमा हेरिएको छ।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार













प्रतिक्रिया