काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनिष थापा नियुक्त भएका छन्।
सूचना अधिकारी तथा प्रवक्ताका रूपमा कार्यरत डीआईजी कालिदास धौवजी ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा गएपछि पद रिक्त बनेको थियो।
रिक्त पदमा अब थापालाई प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार













प्रतिक्रिया