काठमाडौं । कोटेश्वरमा बसको ढोकाबाट खसेका सहचालकको बसको टायरले कुचिँदा मृत्यु भएको छ।

जडीबुटीबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७३८७ नम्बरको भाडा बसका सहचालक सुरेन्द्र गाले बसबाट खसेका थिए। बसको टायरले कुचिँदा उनी गम्भीर घाइते भएका थिए र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको थियो। तर, चिकित्सकहरूले उनलाई ज्यान बचाउन सकेनन्।

advertisement

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार मृतक सुरेन्द्र गाले भक्तपुर नगरपालिका–१० का स्थानीय हुन्। बसको चालक महेन्द्र मकाजु (४२) पनि सोही ठाउँका व्यक्ति हुन् र अहिले प्रहरी नियन्त्रणमा छन्।

घटनापछि उक्त बसलाई कोटेश्वर प्रहरी प्रभागमा राखिएको छ। प्रहरीले दुर्घटनाको थप अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com