काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनसँग सम्बन्धित टीओबी समूहको भूमिकाबारे अनुसन्धान जारी रहेको जनाएको छ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंले टीओबी समूहका मुख्य व्यक्ती मानिने तेन्जिन दावा लामा हिरासतमा रहेको र अनुसन्धान प्रक्रिया जारी रहेको जानकारी दिएको हो।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, टीओबीको लोगो डिजाइन पनि हिरासतमा रहेका तेन्जिनले नै गरेको खुलेको छ।
भदौ २३ गते मध्यान्ह १२ बजे बिजुलीबजारमा बाइक जुलुस गर्दै नारा लगाउने क्रममा उक्त समूहले भिडलाई उत्तेजित गर्ने गतिविधि गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, तेन्जिनले आफूलाई आधा तिब्बती भएको स्वीकार गरेको छ भने समूहका अन्य सबै सदस्य नेपाली मूलका छन्।
त्यसैगरी, हिरासतमा रहेका तेन्जिनले प्रहरीलाई भिडमा गएर उत्तेजना फैलाएकोमा गल्ती स्वीकार गरेको जानकारी पनि प्रवक्ता भट्टराईले दिएका छन्।
प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार












प्रतिक्रिया