काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन–जीहरुको गुनासो अहिले पूरा गर्न सकिने अवस्था नरहेको बताएका छन् । मन्त्रिपरिषद्को बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले जेन–जीहरुको गुनासो महादेव आए पनि पूरा गर्न गाह्रो रहेको टिप्पणी गरे ।

‘जेन–जीहरुको गुनासो अहिले नै पूरा गर्ने सबै भन्ने हुँदैन । यो समयअनुसार पूरा गर्दै जाने हो । म मन्त्री भएको दुई महिनामा सबै कुरा कसले पूरा गर्न सक्छ ? यस्तो किसिमको परिस्थितिमा महादेवजी आउनुभयो भने पनि महादेवजीलाई पनि गाह्रो हुन्छ भने हामी त मनुष्य भइहालियो,’– उनले भने ।

advertisement

उनले निःशुल्क शिक्षाका लागि अझै निकै पर्खिनुपर्ने पनि बताए । निःशुल्क शिक्षाका लागि देशको बन्नुपर्ने र त्यसपछि हुने उनले बताए । साथै, प्रधानमन्त्री सुशीला कार्कीको ब्यस्तताले आज जेन–जीहरुसँग भेट्न नसकिएको पनि उनले जानकारी गराए । मिराज ढुङ्गानालगायतका जेन–जीहरु आज प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका थिए । प्रधानमन्त्रीको समय नपाएपछि उनीहरुले बाहिर नै माग पत्र टाँसेर फर्किएका थिए ।

‘बेस्तताले गर्दाखेरी भेट्न मान्नु भएन होला । जेन–जीहरुलाई उहाँले भेटिइरहनुभएको छ । सबै किसिमका जेन–जीहरुलाई भेटिरहनुभएको छ । आज चाहिँ भेट्नुभएन होला, बेस्त हुनुहुन्छ होला । त्यो कुरा मलाई थाहा छैन,’– उनले भने ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com