काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की सरकारले जेनजी लिडरहरुलाई सिंहदरबार प्रवेशमा रोक लगाएकाे छ।

जेनजीका विभिन्न ३० बढी समुहले एकमुष्ट मागपत्र बुझाउन जाँदा प्रहरीले धरपकट गरेको हो। जेनजीका प्रमुख लिडरहरुलाई प्रहरीले सिंहदरबार गेट नजिक धरपकट गरेपछि जेनजीहरुले कार्की नेतृत्वको सरकार जेनजीको सरकार नभएको भन्दै एनजिओ सरकार मुर्दावाद, गृहमन्त्री राजीनामा दे, हत्यारालाई कारबाही गर, जेनजीको आडमा चुरीफुरी, यो सरकारलाई कुरीकुरी ! जस्ता नारा लगाएका थिए।

advertisement

प्रहरीले  मागपत्र बुझाउन गएका युवाहरूलाई धरपकट गरेर हनुमानस्थानतिर लगेको छ। यद्यपि प्रहरी प्रवक्ता एसपी भवनकुमार भट्टराईले अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको जानकारी दिएका छन्।

उनले भने, ‘अहिलेसम्म सम्झाउने काम भइरहेको छ। कसैलाई पक्राउ गरिएको छैन।’

सोमबार पनि ३० बढी जेनजी समुहको साझा माग लिएर जेनजी टोली प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेको थियो। त्यसक्रममा जेनजी लिडरहरुलाई प्रवेश नदिँदा जेनजीहरुले बाहिरै गेटमा ज्ञापनपत्र टाँसेर फर्किएको थियो।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com