काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका ताजा निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको बैठकका निर्णयबारे सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराएका हुन्।

मन्त्री खरेलका अनुसार भैरहवा विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्ने निर्णय बैठकले गरेको छ। साथै, उक्त क्षेत्रमा मासिक भाडादर प्रतिवर्ग मिटर ५ रुपैयाँ कायम गरिने भएको छ।

advertisement

ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय समन्वयलाई बलियो बनाउने उद्देश्यले विद्युत नियमन आयोगलाई ‘साउथ एशिया इनफ्रास्ट्रक्चर रेगुलेसन’ मा सदस्यता दिन स्वीकृति प्रदान गरिएको उनले बताए।

यस्तै, नेपाल प्रहरीले हालको दरबन्दीभित्रै पद–मिलान, कार्यालय संरचना पुनःसमायोजन तथा संगठन–व्यवस्थापन सर्वेक्षण समिति गठन गरी काम सुरु गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com