काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निजामति सेवामा मुख्यसचिव एकनारायण अर्यालले देखाएको योगदानलाई ‘अनुकरणीय र प्रेरणादायी’ भन्दै प्रशंसा गरेकी छन्।
बुधबारदेखि अनिवार्य अवकाशमा जाँदै गरेका अर्यालको सम्मानार्थ मंगलबार सिंहदरबारमा आयोजित बिदाइ कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले उनको दीर्घ सेवायात्रा, नेतृत्व क्षमता र कामप्रतिको निष्ठाले समग्र प्रशासनलाई नयाँ दिशा दिएको उल्लेख गरिन्।
उनका अनुसार, अर्यालले आफ्नो दायित्व निर्वाहमा देखाएको प्रतिबद्धता, कार्यशैलीमा झल्किएको अनुशासन तथा समृद्ध अनुभवले निजामति क्षेत्रमा स्थायी छाप छोडेको छ।
प्रधानमन्त्री कार्कीले अर्यालको योगदानले आगामी पुस्ताका प्रशासकहरूलाई पनि मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिन्।
प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया